सुर्खेत, ५ बैशाख ।
कर्णाली प्रदेश सरकारले बैशाख ७ गते सार्बजनिक विदा दिएकाे छ । चैत दशैका अवसरमा प्रदेशमा सार्बजनिक विदा दिने निर्णय भएकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी चैते दसैँको अवसरमा वैशाख ७ गते मङ्गलबारका दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।