बाँकेमा भोलीदेखि लकडाउन

बाँके, ८ बैशाख (जागरण) । तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि बाँके जिल्लालाई लकडाउन गर्ने निर्णय गरिएको छ।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले आगामी बिहीबार (बैशाख ९ गते) बाट लकडाउन गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम रानाका अनुसार जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरिसकेको छ ।
जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठकमा उपस्थित अधिकांस सरोकारवालाले बाँकेमा अत्यधिक रुपमा कोरोना संक्रमण बढेकाले लकडाउन गर्नुको विकल्प नभएकोमा जोड दिएका थिए । पहिलो चरणमा एक साताका लागि लकडाउन गर्ने स्थानीय प्रशासनले जनाएको छ ।