कर्णालीमा एक लाख ६२ हजार भन्दा धेरै बालबालिकालाई खुवाइयो भिटामिन ए र जुकाको औषधी

नन्द कठायत ।
सुर्खेत, ८ बैशाख (जागरण) । कर्णालीका एक लाख ६२ हजार भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ ।
देशभरका पाँच वर्षसम्मका बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत कणाली प्रदेशमा एक लाख ६२ हजार दुई जना ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाइएको हो ।
सामाजिक दुरी कायम गर्दै कर्णालीमा हिजो र आज स्वास्थ्य स्वयम सेविकाले औषधी निःशुल्क खुवाइएको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नमा सहयोग पुग्ने उद्दश्यले सरकारले हरेक वर्ष दुई पटक भिटामिन खुवाउँने गरेको बताउनुभयो ।