माधव नेपाल समूह गयो अदालतमा‍, सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिदिन माग

काठमाडौं, ८ बैशाख (जागरण) । राजनीतिक दलसम्बन्धी ऐन विपरीत पदमुक्त गर्न खोजिएको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च अदालत गएको छ ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर मंगलबार स्पष्टीकरण सोध्नुभएको थियो  । त्यसको भोलिपल्ट नेपाल समूह ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने माग गर्दै अदालत गएको हो ।