जडिबुटीबाट कर्णालीलाई समृद्ध बनाउने भनिएपनि सरकारले भने खास्सै प्रगती गर्न सकेन

नन्द कठायत ।
सुर्खेत, ८ बैशाख (जागरण) । जडिबुटीबाट कर्णालीलाई समृद्ध बनाउने नारा दिँदै आएको कर्णाली प्रदेश सरकारले यस क्षेत्रमा भने खास्सै प्रगती गर्न सकेको छैन । नारामा मात्र नभएर काममा ध्यान दिन सरोकारवालहरुले सरकारलाई सुझाव दिएका छन ।
कर्णाली प्रदेश सरकारले हरेक बर्षको नीति कार्यक्रम र बजेटमा जडिबुटीबाट समृद्धि हासिल गर्ने बताएपनि कार्यान्वयन नभएको सरोकारवालाहरुको भनाई छ ।
बर्षेनी कर्णालीबाट लाखौँ मुल्य बराबरको जडिबुटी कच्चा पदार्थको रुपमा निकासी हुने गरेको छ । तर सरकारले यसको प्रशोधन उद्योग खोल्ने कार्यक्रम भने अन्यौलनमा छ ।
उद्योग तथ उपभोक्ता हित संरक्षण कार्यालय, कालिकोटका प्रमुख मनोज आचार्यले कर्णालीमा खेर गइरहेको जडिबुटीबाट स्थानीय रुपमा नै राम्रो आम्दानी लिन सकिने सम्भावना भएपनि सरकाले त्यसको प्रशोधनमा ध्यान दिन नसकेको कर्णाली रैबारसँग बताउनुभयो । आवाज..
यता, स्थानीय सरकारले पनि जडिबुटीबाटै समृद्ध बनाउने योजना ल्याउने गरेका छन तर स्थानीय सरकार एक्लैले काम गर्न नसक्ने उनिहरको भनाई छ ।
डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाले जडिबुटी संकलन गरेर स्थानीयलाई रोजगार बनाउन सकिनेगरी आफुहरुले योजना बनाएको भएपनि बजेट अभावले काम हुन नसकेको गाउँपालिका अध्यक्ष टसी तुण्डुप गुरुङले बताउनुभयो ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भने जडिबुटीको उत्पादन, भण्डारण र प्रशोधन गर्ने कृषकलाई दुई लाखदेखि दशलाख सम्म अनुदान दिने गरिएको बताएको छ ।
मन्त्रलयका योजना तथा अनुगमन महाशाखा शेर बहादुर श्रेष्ठले फर्म दर्ता गरी स्थानीय स्तरमा नै प्रशोधन गर्नेलाई अनुदान दिने गरिएको बताउनुभयो ।
जडिबुटी उत्पादन, भण्डारण, र प्रशोधनको लागि कर्णालीका प्रत्यक जिल्लामा ५० लाखको दरले वजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।
सरकारले बर्षेनी यस क्षेत्रमा बजेट छुट्याएपनि कार्यान्वयनको अवस्था भने गतिलो छैन ।