अब कर्णाली सरकारको काम शनीबार पनि

सुर्खेत, २० जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले शनिवार विदाको दिन पनि सरकारी काम गर्ने भएको छ ।
आज बसेको मन्त्रीपरिषद्को वैठकले अबदेखि शनीबारको दिनलाई पनि सदुपयोग गर्न सरकारी काम गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद वैठकले अबदेखि मन्त्रीपरिषदको नियमित वैठक हरेक हप्ताको शनिवार वस्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारका मन्त्रीहरु नै जनताको अधिकतम सेवामा लाग्नुपर्छ भन्ने मान्यताका साथ मन्त्रीपरिषदले नियमित वैठक शनिवार विदाको दिन वस्ने निर्णय गरेको हो ।
यस्तै, आज बसेको मन्त्री परिषद् वैठकले विभिन्न दुई वटा विधेयकलाई प्रदेशसभामा पेश गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्राललाई स्वीकृति प्रदान गरेको छ ।
वैठकले गाउँसभा र नगरसभाको कार्यसंचालन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ र जिल्ला सभाको कार्यसंचालन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशीका २०७५ स्वीकृत गर्ने निर्णय पनि वैठकले गरेको छ ।
वैठकले सार्वजनिक व्यवस्था तथा संचालन सम्वन्धि विधेयक २०७५, प्रदेश विद्युत विकास, उत्पादन र व्यवस्थापन सम्वन्धि विधेयक २०७५ र प्रदेश सवारी तथा यातायात व्यवस्था सम्वन्धि विधेयक २०७५को मस्यौैदा तर्जुमाका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ ।