हुम्लामा हिमपात

हुम्ला, ९ बैशाख (जागरण) । हुम्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ भने मध्य र दक्षिणी भेगमा वर्षा भएको छ । उत्तरी नाम्खा गाउँपालिका लिमिको हल्जी, जाँङ, तिल, चाला, हिल्सा लगयातका क्षेत्रमा हिजोदेखि नै हिमपात भएको हो । सदरमुकाम सिमकोट बिहिवारदेखि हिमपात भएको छ । हिमपात हुदाँ नेपालगञ्ज, सुर्खेतबाट नियमित उडान भर्न निजि कम्पनीका हवाई उडान प्रभावित भएका छन् । वर्षा र हिमपातका कारण बुधबारदेखि उडान प्रभावित भएका हुन् । हिमपातले जिल्लाका कृषकहरू भने हर्षित बनेका छन् । खेतबारीमा छरेको अन्नवालि राम्रो हुने भएपछि खुसी भएका हुन् ।यता, विहानैदेखि देशका पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा तथा पश्चिम तराईमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायूले प्रभावका कारण रातीबाट ठूलो प्रणाली विकास भएको र त्यसले विहानैदेखि वर्षा गराएको हो ।

आज राती भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्चपहाडी क्षेत्रमा पुनः वर्षा हुनसक्ने अनुमान माैसम पूर्वाअनुमान महाशाखाले गरेको छ। अन्य स्थानमा मौसममा सुधार हुँदै जानेछ ।