काठमाडौं, ९ बैशाख (जागरण) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना दिवशको अवसरमा विवादित नेकपा (एमाले) को माधव समुहले आफूहरुलाई पार्टीमा स्थान नदिइएको बताएको छ ।
नेकपा स्थापना दिवशको अवसरमा सामुहिक रुपमा सार्वजनिक अपिल गर्दै नेपाल समुहका १५ जना नेताहरुले काम गर्ने अवसर नदिइएको बताएका हुन ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित १५ जना नेताहरुले पार्टी स्थापना दिवसको अवसरमाा संयुक्त अपिल जारी गर्दै आफूहरूलाई एमालेमा रहन नदिन दाउपेच गरिएको आरोप समेत लगाएका छन् ।
आज जारी गरिएको अपिलमा आफूहरूले पार्टी एकता जोगाउन चाहे पनि फागुन २८ यता भएका बैठक र निर्णयहरू अवैध रहेकाले ती सबै रद्द गर्नुपर्ने माग गरेका छन् ।
अपिलमा माधव नेपाल पक्षका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी विभाजन र विसर्जनको डिलमा पुगेको आरोप लगाएका छन् । उनीहरूले ओलीका कारण एमालेमात्र नभएर कम्युनिष्ट आन्दोलन नै विसर्जनको दिशामा गएको बताएका छन् ।