फागुनभित्रै स्थानीय निर्वाचन हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं, १० बैशाख (जागरण) । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको निर्वाचन हुने भएकोले त्यसको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो निर्देशन दिनुभइको हो । फागुनभित्रै स्थानीय तहको निर्वाचन हुने भएकोले सबै कमिटीहरु परिचालित गर्न निर्देशन उहाले दसनुभयो। ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन समेत दिनुभएको छ ।

उहाले पार्टी एकता बचाउन र पार्टीलाई सुदृढ गर्न आफू दिनरात खटेपनि केही व्यक्तिहरू अराजक ढंगले लागेको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले पार्टी खोस्ने ढँगले कोही आउँछ भने त्यसलाई मौका नदिइने बताउनुभयो।