सहिद नगेन्द्रको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना

सुर्खेत, २१ जेठ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिका १० मा रहेको जनज्योति आधारभुत विद्यालयमा सहिद नगेन्द्र प्रसाद ढकालको स्मृतिमा अक्ष्यकोष स्थापना गरिएको छ ।
जनयुद्धको समयमा तत्कालिन राज्य पक्षबाट मारिएका ढकालका भतिज अखिल क्रान्तिकारी सुर्खेत जिल्ला संयोजक जगतराज ढकालले आफुले अध्ययन गरेको विद्यालयमा आफ्ना काकाको नाममा ५० हजार नगदको ‘नगेन्द्र स्मृति अक्षय कोष’को स्थापना गर्नुभएको हो ।
अध्यक्ष कोषबाट हरेक वर्षमा उत्कृष्ट हुने जेहेन्दार एक/एक जना छात्रा–छात्रालाई छात्रवृत्ति प्रदान गर्ने अखिल क्रान्तिकारी सुर्खेत जिल्ःला संयोजक जगतराज ढकालले जानकारी दिनुभयो ।
अक्षय कोषको रकम सहिद ढकालका जेठा दाजु जन्मप्रसाद ढकाल माइली भाउजु धर्मादेवि ढकाल र भतिज जगतराज ढकालले सयुक्त रुपमा विद्यालयकका प्रध्यानाध्यापक कृष्णराज ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भागिरथी कुँवरलाई हस्तारन्तरण गर्नुभयो ।
नगेन्द्रप्रसाद ढकाल कक्षा १० मा पढ्दा पढ्दै विद्यार्थी जीवनमा सहिद हुनु भएकाले विद्यार्थीहरुलाई नै सहयोग पुग्ने गरी अक्ष्यकोषको स्थापना गरिएको हो । विद्याज्योति माविमा कक्षा १० मा अध्ययनरत हुनुुहुन्थ्यो । सहिदका भतिज ढकालले आगामी दिनमा पनि अक्ष्यकोष बढाउने योजना रहेको बताउनु भयो । विस २०६० असोज १६ गते राज्य पक्षबाट नगेन्द्रप्रसाद ढकाल मारिनु भएको थियो । गोकर्ण प्रसाद ढकाल र बासुदेवि ढकालको कान्छा छोरा हुनुुहुन्थ्यो ।