सुर्खेतमा भोलीदेखि २१ गतेसम्म निषेधाज्ञा

सुर्खेत १३ बैशाख (जागरण) ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले भोली बैशाख १४ गते राती १२ः०० बजेदेखि २१ गते राती १२ः०० बजेसम्म एक हप्ता निषेधाज्ञा जारी गरेको छ ।
कोरोना भाइरसको संक्रमणदर तिब्र रुपमा फैलिदै गएकोले त्यसको नियन्त्रणका लागि भोलि एक हप्तासम्म निषेधाज्ञा जारी गर्न जिल्ला जिल्ला कोरोना संकट व्यवस्थापन समितिले गरेको सफिारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका हुन् ।
अत्यावश्यक सेवाको लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्था समेत), सवारी साधन, पसल व्यवसाय संचालन र आवश्यक काम बाहेकको हिंडडुलमा समेत निषेध गर्ने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्धारा जारी आदेशमा उल्लेख गरिएको छ । यस्तै प्रशासनले यस आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बामोजिम कारवाही समेत गरिने आदेशमा उल्लेख छ ।