दलित समुदायको जिविकोपार्जन सुधारका लागि अन्तरक्रिया


सुर्खेत, १४ बैशाख (जागरण) ।
यस्तै वीरेन्द्रनगर नगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा दलित समुदायको जिविकोपार्जन सुधार लागि संवैधानिक तथा कानुनी व्यवस्था र यसको कार्यान्वयनमा स्थानीय तहका सरोकारवालाहरुको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रियामा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले दलित महिलाहरुको आर्थिक स्तर उकास्नका लागि नगरपालिकाले विशेष योजना बनाउने बताउनुभयो । आर्थिक सशक्तिकरणविना परिवर्तन संभवन नभएको भन्दै नगरपालिको दलितहरुको आर्थिक सशक्तिकरणलाई मुख्य रुपमा ध्यान दिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै वडाध्यक्ष रत्न बहादुर बुढाले दलित र त्यसमा पनि दलित महिलाहरुलाई आत्म निर्भर बनाउने खालका योजना वडाले अगाडी सारेको बताउनुुभयो । उहाँले दलितहरुका परम्परागत सीपलाई आधुनिकीकरणगरी व्यवसाय गर्नका लागि वडाले सहयोग गर्ने बताउनुभयो ।