परीक्षा दिन विद्यालय जाँदै गरेकी छात्राको लडेर मृत्यु

सल्यान, १४ (बैशाख जागरण) ।

सल्यानमा परीक्षा दिन हिँडेकी एक छात्राको लडेर ज्यान गएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गापा –२ अत्तरकाँडा निवासी चन्द्रकला सार्की रहेके जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कोभिडको जोखिमलाई मध्यनजर गर्दै विद्यालयले आन्तरिक परीक्षा संचालन गरेपछि भानुभक्त माविमा कक्षा १० मा अध्ययनरत छात्रा आज बिहानै गणित विषयको परीक्षा दिन भनेर हिँडेकी हुन् । घरबाट विद्यालयसम्म जाने बाटो अप्ठेरो रहेको र ओरालोमा दौडिँदै गर्दा सल्लाको कुसुममा चिप्लिएर लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । बाटोबाट लडेर करिब ४ सय मिटर तल पुगेको र आज बिहान करिब सवा ९ बजेको समयमा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।