सुर्खेत, १६ बैशाख (जागरण)। काेराेना संक्रमणबाट सुर्खेतमा थप एक जनाकाे मृत्यु भएकाे छ । कालिकोटका एक कोरोना संक्रमितको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा विहिबार बिहान मृत्यु भएको हो ।
मृतकको स्थायी ठेगना कालिकोटको नरहरीनाथ गाउँपालिका हो । मृतक ७३ वर्षीय पुरूष हुन् । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले पुष्टि गर्नुभएकाे छ । पाैडेलका अनुसार ती पुरूषको बैशाख ११ गते प्रदेश अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्युहुनेको संख्या ३९ पुगेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।