अबदेखि जिल्ला प्रशासनले सवारी पास नदिने

सुर्खेत १६, बैशाख  (जागरण) ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरिएका जिल्लामा जानका लागि सवारी पास नदिने भएकाे छ ।

यसअघि अत्यावश्यकीय कामका लागि वाहिर जिल्ला जान सवारी पास दिने गरिएकाेमा अबदेखि पास नदिने भएकाे हाे । निषेधाज्ञा जारी गरिएका जिल्लाका लागि सवारी पास नदिन गृह मन्त्रालयले निर्देशन गरेकाले साेही बमाेजिम पास नदिने निर्णय गरिएकाे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले जानकारी दिनुभयाे ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति मार्फत पनि यस सम्बन्धी जानकारी गराएकाे छ ।