कोरोनाबाट थप ३३ जनाको मृत्यु

काठमाण्डाै, १७ बैशाख (जागरण) ।  नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप ३३ जनाको मृत्यु  भएको छ । पछिल्लो २४ घण्टामा ३३  जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि र मृत्यु हुने यो अहिलेसम्मकै धेरै सङ्ख्या हो ।

आज थपिएकासहित नेपालमा तीन लाख २३ हजार एक सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले नेपालमा ३८ हजार आठ सय १३ जना सक्रिय सङ्क्रमित छन् ।