सुर्खेत, १७ बैशाख (जागरण) । कर्णाली प्रदेशमा एकैदिन थप आठजना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमित कर्णालीका विभिन्न अस्पतालमा भर्ना भएका उनिहरुको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
मृत्यु हुनेमध्य ७ जना पुरुष र एकजना महिला रहेको निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशानालयका निर्देशक डाक्टर रबिन खड्काका अनुसार सुर्खेत पञ्चपुरी ११ का ६० बषर््िाया पुरुष, वीरेन्द्रनगर ८ का ६३ बर्षिया पुरुष, लेकवेशी १ का ४५ बर्षिया पुरुष रहेका छन ।
त्यसैगरी सुर्खेत वीरेन्द्रनगर ११ का ५१ बर्षिया पुरुष, वीरेन्द्रनगर १२ का ४० बर्षिया पुरुषको प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी, सिद्धकुमाख २ का ४२ बर्षिया पूरुषको जिल्ला अस्पताल सल्यान र मुसिकोट ४ का ६० बर्षिया पुरुषको जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको हो भने नारायण नगरपालिका वडा नम्बर ६ का एकजना गर्भवती महिलाको जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको निर्देशक खड्काले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।