चट्याङ लागेर दैलेखमा दुई जना घाइते

सुर्खेत, १८ बैशाख (जागरण) । दैलेखको काँडाचौरमा चट्याङ पर्दा एक दम्पति घाइते भएका छन् । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका ४८ बर्षीय यामनारायण उपाध्याय र उहाकी श्रीमती ४५ बर्षीया बसन्ता उपाध्याय घाइते हुनुभएको हो ।

आज बिहान नारायण नगरपालिका–६, काँडाचौरस्थित घरको आँगनमा बसिरहेका बेला चट्याङले लागेर उनिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिनुभयो । उनिहरुको हाल दैलेख अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिनुभयो ।