सुर्खेतमा एक हप्ता निशेधाज्ञा थप हुने

सुर्खेत, १८ बैशाख (जागरण) । कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा रहेको सुर्खेतमा जारी निशेधाज्ञा थप सात दिन थप्ने निर्णय गरिएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले बैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
अनुगमनका कडाइ गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारवाही गरिने पनि उहाले बताउनुभयो ।
कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था देखिएकाले नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोना हुनबाट जोगिन आग्रह पनि उहाले गर्नुभएको छ ।
यस्तै, बन्दको मौका छोपी काँही कतै कालोबजारी, ठगिका काम भए कडा कारबाही हुने समेत उहाले बताउनुभयो । यदी त्यस्ता गतिविधि भएमा प्रशासलाई जानकारी बनाउन पनि उहाले अनुरोध गर्नुभयो ।