सुर्खेत, २१ बैशाख (जागरण) ।
सुर्खेतकाे चाैकुने गाउँपालिकाले ५ वेडकाे आइसाेलेशन कक्ष तयारगरी सञ्चालनमा ल्याएकाे छ ।
काेभिड १९ काेराेना भाइरसका बिरामीलाई लक्षितगरी गाउँपालिकाले वडा नं ६ मा रहेकाे जीवन ज्योति मा.वि मा आइसोलेशन कक्ष तयार गरेकाे हाे । गाउँपालिकाका नन्दु खनालका अनुसार ५० वेडकाे आइसुलेशन कक्ष निर्माण कार्य भैरहेकाे छ । हाल चाैकुनेमा ५ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । चौकुने गाउँपालिकामा मंगलबार आठ जनालाई एन्टिजेन मार्फत गरिएको कोरोना परिक्षणमा ५ जनालाई कोरोना संक्रमण देखिएको खनाले बताउनुभयाे । खनालका अनुसार जसमध्ये तीन जना होम आइसोलेशनमा र दुई जना गाउँपालिकाको आइसोलेशन कक्षमा आवश्यक औषधीको व्यवस्था गरि राखिएको छ । काेराेना संक्रमण फैलिदै गए ताेस्राेमा पनि आइसाेलेशन कक्ष बनाउने याेजना रहेकाे छ खनाले जानकारी दिनुभयाे ।