वीरेन्द्रनगरले सञ्चालन गर्याे कोभिड अस्पताल

सुर्खेत, २४ बैशाख ( जागरण) ।

 वीरेन्द्रनगर नगरपालिकाले अक्सिजनसहितको २५ शैयाको कोभिड अस्पताल सञ्चालनमा गरकेाे छ।

 कटकुवा स्वास्थ्य चौकीलाई थप व्यवस्थापनगरी काेभिड अस्पताल सञ्चालन गरिएकाे हाे । अस्पतालकाे शुक्रबार नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गर्नुभएकाे छ । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिरहेको बेला संक्रमितको सहज उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नगर प्रमुख सुवेदीले बताउनुभयाे । हाल अस्पतालको २५ शैयामध्ये १० शैया अक्सिजनसहितको रहेको र अस्पताललाई ५० शैयाको बनाउने गरी तयारी भइरहेको छ उपप्रमुख माेहनमाया ढकालले बताउनुभयाे ।