लागु औषध सहित तीनजना पक्राउ

सुर्खेत, २५ बैशाख (जागरण) । वीरेन्द्रनगरबाट लागु औषध (ब्राउन सुगर) सहित ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार साझ उनिहरुलाइ वीरेन्दनगर ३ मसुरीखेतबाट प्रकाउ गरेको हो ।

कालिकोट शुभकालिका ६ घरभई वीरेन्द्रनरमा कोठा गरी बस्ने बर्ष २६ की सकुन्तला शाहीले लागु औषध कारोबार गरी रहेको भन्ने विशेष सूचनाको आधारमा खटीएको प्रहरी टोलीले सकुन्तलाको कोठा भित्र र शरिर खानतलासी गर्दा रातो पलास्टिकमा पोको बनाई लुकाएर राखेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखीने खैरो धुलो पदार्थ फेला पारेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ९०० मिलि ग्रामको लागुऔषध (ब्राउन सुगर) बरामद गरि सकुन्तला शाहीलाई प्रक्राउ गरेको छ । भने वीरेन्द्रनगर ३ मा सरिता शाहीले सञ्चालन गरेको चिया नास्ता पसलमा दैलेखको चामुण्डा बिन्द्रासैनी ९ का १९ बर्षिय पारस रावल र वीरेन्द्रनगर ३ मसुरीखेतका १८ बर्षिय समिर चन्दलाई शंकास्पद रुपमा बसिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले दुबैजनाको शरिर खानतलासी गर्दा २०० मिलि (ब्राउन सुगर) जस्तो देखीने खैरो धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । उनिहरुलाइ प्रक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नेपाली रैबारबाट‍‍‍