कोरोना प्रतिकार्यमा जुट्दै कर्णालीका स्थानीय सरकारहरु

वीरेन्द्रनगरले नगरपालिकाले शुक्रबारदेखि सञ्चालन गरेको कोभिड अस्पतालको उद्घाटन गर्दै नगर प्रमुख र उपप्रमुख ।

सुर्खेत, २५ बैशाख (जागरण) ।
कर्णाली प्रदेशको केन्द्र रहेको वीरेन्द्रनगर नगरपालिका भित्रै ती सय शैय्याको प्रदेश अस्पताल छ, तरपनि कोरोना भाइरसका संक्रमित नगरवासीले उपचारबाट बञ्चित हुन नपरोस भन्ने हेतुले २५ शैय्याको कोभि आइसोलेसन अस्पताल सञ्चालन गरेको छ । हात २५ बेडबाट सुरु गरिएको आइसोलेसनमा संक्रमितहरु बढ्दै गएमा ५० शैया बनाउने लक्ष्य नगरपालिकाको छ । साथै अस्पताल भर्ना भएका संक्रमितलाई नगरपालिकाले नै खानाको व्यवस्था गर्ने भएको छ ।
सुर्खेतकै सिम्ता गाउँपालिकाले पनि ५० बेडको आइसोलेसन कक्ष स्थापना गरेको छ । गाउँपालिकाको वडा–४ मापर्ने बजेडीचौर स्वास्थ्य चौकीमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन सेन्टरको स्थापना गरिएको हो । साथै अक्सिजन सिलिण्डर अभाव हुने भएकाकारण विद्युतबाट सञ्चालन हुने अक्सिजन मेसिनसमेत खरिद गरिएको छ । जटिल प्रकृतिका संक्रमितलाई सुविधायुक्त अस्पतालसम्म पु¥याउन गाउँपालिकाले एम्बुलेन्सकोसमेत व्यवस्था गरेको छ । सुर्खेतकै चौकुने गाउँपालिकाले अक्सिजनसहितको पाँच बेड व्यवस्था गरेको छ भने ५० बेडसम्मको आइसोलेसन बनाउने तयारीमा छ । सुर्खेतकै गुर्भाकोट नगरपालिकाले मेहलकुनाको सिटी हलमा २५ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

आइसाेलेसन कक्ष तयार गर्दै सिम्ता गाउँपालिकाका अध्यक्षसहितकाे टाेली

सल्यानको वनगाडकुपिण्डे नगरपालिकाले पनि अक्सिजनसहितको १५ शैयाको आइसोलेसन सञ्चालनमा ल्याएको छ । आइसोलेसनमा पाँच वटा सिलिण्डर छन् । थप सिलिण्डर खरिदको प्रक्रियामा रहेको नगरप्रमुख गोविन्द पुनले जानकारी दिए । यस्तै कालिकोटको खाँडाचक्र नगरपालिकाले कोरोना संक्रमित हरूका लागि कवडहलमा ४० व्यडको आइसोलेसन सेन्टर तयार गरेको छ । जटिलखालका अक्सिजन दिन पर्ने अवस्थाका बिरामी राख्ने र कवडहलमा सामान्य खालका संक्रमित भएर घरमा वस्न नसक्ने हरूका लागि ४० व्यडको तयारी नगरपालिकाले जनाएको छ । कालिकोटकै तिलागुफा नगरपालिकाले पनि २५ वेड अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।
वीरेन्द्रनगर, सिम्ता, चौकुने र वनगाडकुपिन्डे, खाँडाचक्रम, तिलागुफा मात्रै होइन, कोरोना महामारी सुरुभएपछि कर्णालीका अधिकांश स्थानीय तहले आइसोलेसन निर्माण थालेका छन्।

आइसाेलेसन वेडमा अक्सिजन जडान गर्दै चाैकुने गाउँपालिकाका कर्मचारी

कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्थानीय सरकारहरु प्रतिकार्यका लागि तयारीमा जुटेका छन् । एम्बुलेन्स नभएको स्थानीय तहले एम्बुलेन्स खरिद देखि अक्सिजनसहितका आइसोलेसन कक्ष बनाउन काममा जुटेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि हाल कर्णालीका दश वटै जिल्लामा निषेधाज्ञा जारी छ । तर पनि कोरोना भाइरस संक्रमित भइ अस्पताल आउने विरामीको संख्या बढीरहेको छ । अस्पतालमा वेड नपाउने अवस्था रहेको र आफ्ना नागरिकलाई आफ्नो पालिकाभित्रै उपचार गराउनका लागि आइसोलेसन कक्षदेखि अस्पताल बनाउन लागिएको स्थानीय तहका जनप्रतिनिधिहरुको भनाइ छ । ‘छन त हाम्रो पालिकाभित्र प्रदेश अस्पताल पनि छ’ वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले भनीन्‘तर यस्तो महामारीमा नागरिकको जिवन रक्षा गर्नु हाम्रो दायित्व सम्झेर उपचार अभाव नहोस भन्नका लागि छुट्टै कोभिड अस्पताल सञ्चालन गरेका हौँ ।’
कर्णाली प्रदेशमा ७९ वटा पालिका छन् । ती मध्ये अधिकांश पालिकाले आइसोलेसन सेन्टरहरु निर्माण गरि सञ्चालनमा ल्याइसकेका छन् । विहिबारसम्म कर्णालीमा तीन हजार आठ सय १८ जना कोरोना भाइरसका सक्रिया संक्रिमित रहेका छन् भने कोरोना भाइरसको संक्रमणबाट ८२ जनाको मृत्यु भएको छ ।
क्याप्सनः वीरेन्द्रनगरले नगरपालिकाले शुक्रबारदेखि सञ्चालन गरेको कोभिड अस्पतालको उद्घाटन गर्दै नगर प्रमुख र उपप्रमुख ।