सुर्खेत, २५ बैशाख (जागरण) । कोरोना महामारीका कारण डोल्पा जिल्लामा दुई दिनको फरकमा दुई जना नेताको मृत्यु भएको छ ।
पूर्व मन्त्री मोति प्रसाद पहाडीको निधन भएको दुई दिन नबित्दै डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख ओमवहादुर बुढाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
इमानदार राजनीतिज्ञका रुपमा परिचित बुढालाई कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा बुढाको निधन भएको कर्णाली प्रेदशका मन्त्री नन्दसिंह बुढाले बताउनुभयो ।
मेयर बुढाकी पत्नी बद्मी क्वारी बोहोरा नेकपा एमालेबाट कर्णाली प्रदेश सभा सदस्य हुनुहुन्छ । बुढा एमालेबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।