सुर्खेत, २६ बैशाख (जागरण) । दोस्रो चरणमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएयता कर्णाली प्रदेशमा ८ हजार ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
थप २ सय ४६ जना संक्रमण मुक्त भएपछि कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या ८ हजार ४४ पुगेको हो ।
पछिल्लो पटक डिस्चार्ज भएकामध्ये सुर्खेतका एक सय १० जना; दैलेखका ६७; कालिकोटका १८; सल्यानका २९; जाजरकोटका ११ र रुकुमपश्चिम ११ जना रहेको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयकाअनुसार कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या ६ सय ८९ जना रहेको छ ।
दोस्रो चरणमा कोरोनाको संक्रमण फैलिएयता नेपालभर करिव तीन लाख जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार संक्रमित भएकामध्ये हालसम्म दुई लाख ९८ हजार ७ सय ६५ जना कोरोनामुक्त भएका हुन् ।
कुल संक्रमितको संख्या तीन लाख ८५ हजार ८ सय ९० पुगेकोमा संक्रमणमुक्त हुने क्रम बढेपछि हाल देशभर ८३ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै कर्णाली प्रदेशमा थप ४ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ सय ७१ जनालाई आरटी पीसीआर र २ सय ७४ जनालाई एन्टीजेन विधिबाट परिक्षण गरिएकोमा ४ सय १४ जनामा कोरोना पुष्टी भएको हो ।
आरटी पीसीआर सुर्खेतका २ सय ३६ जना; दैलेखका २२; जाजरकोटका २; जुम्लाका १८; कालिकोटका २; रुकुमपश्चिमका ८; सल्यानका–१ र अन्य प्रदेश ४ जना रहेका छन् ।
एन्टीजेन विधिबाट गरिएको परीक्षणमा नयाँ पुष्टि हुनेमा दैलेखका ६४ जना; जाजरकोटका २६; सल्यानका ३५; रुकुमपश्चिमका ४८; जुम्लाका ४; कालिकोटका ३९; हुम्लाका २९; र डोल्पाका २ जना रहेका छन् ।
यसैबीच, नेपालभर १८ हजार ३ सय ४ जनाको परीक्षण गर्दा थप आठ हजार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार ३ सय १५ जनाको पीसीआर गर्दा ८ हजार २ सय ८७ र ९ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
कर्णालीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । योसँगै कर्णालीमा मृत्यु हुनेको संख्या ८० पुगेको छ । नेपालभर थप ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन हजार ६ सय ३२ पुगेको छ ।