कर्णाली प्रदेश सभाको बैठक स्थगित, अर्को वैठक विहीबार बस्ने

सुर्खेत, २२ जेठ (जागरण) । कर्णाली प्रदेश सभाको आज बस्ने भनिएको वैठक विहीबार बस्ने भएको छ । आज दिउँसो ३ बजेका लागि वैठक तय गरिएको थियो ।
स्थानीय जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी बनेको विधेयक पास हुने कार्य कार्यसूची तथा अन्य विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यक्रम रहेको थियो ।
प्राविधिक कारणले आजको बैठक स्थगित गर्नु परेको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । वैठक बिहीबार दिउँसो ३ बजे सम्मका लागि बैठक स्थगित भएको हो ।