काठमाडौं, २७ बैशाख (जागरण) । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा विश्वासको मत माग्नुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित र जनजीवीकाको सवालमा रहेको प्रष्ट पार्नुभएको छ ।
वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको ओलीले दाबी उहाले गर्नुभएको छ । उहाले राजनीतिक कारणले ममाथि विश्वासको मत छ भन्ने ठानेकोले सदनमा उभिएको बताउनुभयो ।
भौगोलिक अखण्डताको रक्षा गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर व्यवहार गर्ने विषयमा सरकारले कुनै पनि कसर नराखेको उहाले बताउनुभयाे । ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताउनुभयो। यस्तो विषम् परिस्थितिमा कोभिडविरुद्धको औषधि लगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने उहाको दाबी छ। उहाले अघि भने, ‘कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भए।’
उहाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनका लागि पनि छलफल गर्न सकिने प्रष्ट पार्नुभयो। उहाले संविधान संशोधन कहाँ-कहाँ गर्न सकिन्छ भन्ने सुझावका लागि कार्यदल बनाउन सकिने धारणा राखे। ओलीले सरकारले हिंसाको राजनीति अन्त्य गरेकोसमेत बताउनुभयो ।