टेकराज केसी ।
सुर्खेत, २८ बैशाख (जागरण) । कर्णाली प्रदेशका स्थानीय सरकारहरुले कोरोना नियन्त्रणको लागि आफुहरुलाई प्रदेश र केन्द्र सरकारको सहयोग चाहिएको बताएका छन ।
कर्णाली रैबारसँग कुराकानी गर्दै उनिहरुले कोरोना संक्रमणको दोश्रो लहर फैलिरहेकाले सबैभन्दा जिम्मेवारी स्थानीय सरकारको काधमा रहेको भन्दै यस्तो माग गरेका हुन ।
गाउँपालिका महासंघ र नगरपालिका महासंघ कर्णाली प्रदेशले कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारले बजेट उपलब्ध गराउन नसके आफुहरुलाई समस्या हुने बताएका हुन ।
गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष एवम कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले गाउँपालिकाहरुले गाउँसभाबाट बजेट अरु क्षेत्रमा राखिसकेकाले समस्या भएको भन्दै सहयोग गर्न माथिल्ला तहका सरकारसँग कर्णाली रैबार मार्फत माग गर्नुभयो ।
उहाले बजेट अभावको बारेमा बारम्बार भन्दा पनि सुनुवाइ नभएको भन्दै दुखेसो पोख्नुभयो ।
यस्तै, नगरपापलिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष एवम नारायण नगरपालिका प्रमुख रत्न बहादुर खड्काले पनि नगरपालिकाहरुलमा कोरोना नियन्त्रणको लागि बजेट अभाव रहेको बताउनुभयो ।
उहाले आफुहरुसँग एक करोड रकम अहिले भएपनि त्यो बजेट पर्याप्त हुने अवस्था नरहेको बताउनुभयो ।
खड्काले अहिले आफुहरुले कोभिडका बिरामी बढ्न सक्ने आकंलन गरी थप अर्को एम्बुलेन्स खरिद पक्रियामा लागेको समेत जानकारी दिनुभयो ।
यसैगरी कर्णालीका अन्य केही पालिकाले भने कोरोना नियन्त्रणमा सक्दो प्रयास गरेको बताएका छन ।
सुर्खेतको लेकवेशी नगरपापिलका प्रमुख गगन सिंह सुनारले कोरोना नियन्त्रणको लागि आफुहरुले विभिन्न जनचेतनामुलक कार्यक्रमसँगै आइशुलेसन बेड थप्ने तयरामा रहेको बताउनुभयो ।
उहाले पनि पालिकामा बजेट अभाव रहेको बताउनुभएको छ । गत सालमा पनि कोरोना नियन्त्रणमा स्थानीय सरकारले ठुलो भुमीका खेलेको जानकारहरु बताउछन । अहिले तल्लो तहका सरकारहरुको भुमीका धेरै हुने भन्दै आवश्यक श्रोत साधनको उपलब्ध केन्द्र र प्रदेश सरकारले बनानउनुपर्ने उनिहरुको सुझाव छ ।