सुर्खेत, २९ बैशाख (जागरण) । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नया मन्त्री नियुक्त गर्नुभएको छ । यसअघि २०७४ माघमा नियुक्त हुनु भएका मन्त्रीद्वय विमला केसी र नरेश भण्डारीलाई हटाएर माओवादी केन्द्रका तीन जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो। मुख्यमन्त्री कार्यालयकाअनुसार नियुक्त हुनेमा विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मा छन् । विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको जनाइएकाे छ ।
विष्ट र नेपाली सुर्खेत तथा शर्मा रुकुमपश्चिमबाट प्रदेश सभामा प्रतिनीधित्व गर्ने सांसद हुन् । आज बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकमा आर्थिका ममिला तथा योजना मन्त्री केसी र आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले राजिनामा दिनुभएको थियो ।