सुर्खेत, ३१ बैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि छुट्याईएको बजेट आर्थिक मामिला मन्त्रालयबाट निकासा भएको छ ।
मन्त्रीपरिषद्को निर्णय अनूसार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निकासाएक मुष्ट ९ करोड ५० लाख बजेट छुट्याइएको थियो । त्यहीअनुसार बजेट निकासा गरिएको हो ।
मन्त्रालयका लेखा अधिकृत प्रविन सारु मगरले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निकासा गरी समाजिक मन्त्रालयमा पठाइएको कर्णाली रैबारलाई बताउनुभयो ।
त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेत, चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पताललाई १ करोड देखि ५० लाख सम्म बजेट पठाउने तयारी भएको सामाजिक मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारको समाजिक मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जिल्ला अस्पताल देखि सबै अस्पतालहरु अक्सिजन व्यावस्थापन र कोरोना नियन्त्रणका लागि बजेट विनियोजन हुने बताउनुभयो ।
प्रदेश सरकारले कोभिड नियन्त्रणको लागि विकासे बजेट स्थानान्तरण गरेको थियो ।