कर्णालीका केही विद्यालयहरुले बैकल्पिक माध्यमबाट पठपाठन गराउँदै

सुर्खेत, १ जेठ (जागरण) । दोस्रो चरणको कोरोना भाइरस पफैलिएसँगै अहिले सबै शैक्षिक संस्थाहरु बन्द छन ।
यस्तो बेलामा कर्णालीका केही विद्यालयहरुले भने बैकल्पिक माध्यमबाट पठपाठन गराउन शुरु गरेका छन भने केही विद्यालयहरुले आन्तिरक मुल्याङ्कनको अधारमा रिजल्ट निकाल्न शुरु गरेका छन ।
अहिले कर्णालीका सबै जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञ जारी गरेका छन् । जारी निषेधाज्ञकै बिच विद्यालय बन्द रहेको अवस्थामा केही विद्यालयहरुले बैकल्पिक माध्यमबाट पठनपाठन गराउन थालेका हुन ।
सामुदायिक र संस्थागत केही विद्यालयहरुले पठनपाठनलाई बैकल्पिम माध्यमबाट निरन्तरता दिएका हुन ।
केही विद्यालयहरु भने आन्तरिक मुल्याङ्कनको आधारमा परिक्षाफल सार्बजनिक गर्ने भएका छन ।
कालिकोटको पचालझरना गाउँपालिकाले कक्षा ८ को बाहेक अरु सबै विद्यार्थिकहरुको आन्तरिक मुल्याङ्कनको आधारमा रिजल्ट निकाल्ने तयारी गरेको छ ।
कोरोना भाइरसका कारण विद्यालयहरु बन्द गर्नुपर्नेे अवस्था आएपछि स्थानीय तह र प्रध्यानाध्यपकहरुको सयुक्त बैठकले विद्यार्थिको आन्तरिक मुल्याङ्कनकोे आधारमा नै परिक्षफल प्रकाशन गर्ने तयारी गरेको जनता माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तुलराज कठायतले कर्णाली रैबारलाई बताउनुभयो ।
कर्णाली प्रदेशको राजधानीमा समेत रहेको सुर्खेतको विरेन्द्रनगरस्थित चिल्ड्रेन प्याराडाइज विद्यालयले आफ्ना विद्यार्थीलाई बैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरेको छ ।
विद्यालयका प्रध्यानाध्यपक कुल बहादुर थापाले स्थानीय प्रशासनले निषेधाज्ञ लागु गरे लगत्तै विहान ७ बजेदेखि बेलुका ५ बजे सम्म पठनपाठन गर्ने गरेको बताउनुभयो ।
कक्षा ८ सम्मको परिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय सरकारलाई नै भएकाले कर्णाली जस्तो दुर्गम क्षेत्रमा आन्तरिक मूल्याकनको आधारमा परिक्षा फल प्रकाशन गर्न उपयुक्त हुने सरोकारवालाहरुले समेत सुझाव दिएका छन ।
सेभ द चिल्ड्रेन कर्णाली प्रदेश कार्यालयका शिक्षा हेर्ने अधिकारी आत्माराम भट्टराईले कर्णालीका कतिपय क्षेत्रमा अहिले पनि इन्टरनेटको पहुँच नभएकाले बैकल्पिक माध्यमबाट परिक्षा लिन सकिने बताउनुभयो ।

उहाँले कर्णालीका दुर्गम हिमाली जिल्लाका विद्यालयहरुले अर्धवार्षिक परीक्षा लिई सकेकाले यस्तो आधारमा नै नतिजा प्रकाशन गर्ने सकिने सुझाव दिनुभयो ।
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विद्यालयहरु बन्द गरेको छ भने बैकल्पिक माध्यमबाट पठपानठन गराउन सकिने बताएको छ ।