कर्णाली प्रदेशमा थप ४ सय १ जनामा कोरोना संक्रमण पुष्टी

सुर्खेत, १ जेठ (जागरण) । कर्णाली प्रदेशमा थप ४ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आरटी पीसीआर र एन्टीजेन विधिबाट परिक्षण गरिएकोमा ४ सय १ जनालाई कोरोना पुष्टी भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो सँगै कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको संख्या १५ हजार ७ सय जनामा पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबीच, कर्णाली प्रदेशमा थप २ सय ३४ जना कोरोना भाइरस (कोभिड १९) संक्रमणमुक्त भएका छन् । योसँगै प्रदेशमा संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ९ हजार ६ सय ५० जनामा पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित भइ हाल सम्म १ सय ३४ जनाको मृत्यु भइसकेको छ ।
अहिले कर्णालीका विभिन्न आइसुलेसन सेन्टरमा ५ सय ३९ जना रहेका छन् ।
यस्तै, नेपालमा थप ६ हजारभन्दा धेरै कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार तीन सय ३६ छ ।
यस्तै, थप आठ हजार पाँच सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२० हजार नौ सय ४८ जनाको पीसीआर र पाँच सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।
त्यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय तीन जनाको मृत्यु भएको छ ।