मन्त्रीको सपथ नखादै पद गुम्यो

सुर्खेत, १ जेठ (जागरण) । कर्णाली प्रदेशमा मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नखाँदै मन्त्री पद गुमेको छ ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै आज दिउँसो तीन बजे मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुखलाई भेटेर सपथग्रहण समारोह स्थगित गर्न र तीनैवटा मन्त्रालयको जिम्मा आफूलाई दिन गरेको आग्रह अनुसार प्रदेश प्रमुखले सूचना जारी गरेसँगै तीनै जना मन्त्रीहरुले सपथ नखादै पद गुमेको हो ।
मुख्यमन्त्री शाहीले बुधबार नै आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्टलाई मन्त्रीको लागि शिफारिस गर्नुभएको थियो ।
अन्य समयमा काँग्रेसले सहयोग गर्नुपर्ने र यस्तो विषम परिस्थितिमा छलफल र सहकार्यको भावनामा खलल पु¥याउने काम भएको निष्कर्षमा काँग्रेस पुगेको स्रोतको भनाई छ ।
काँग्रेससँग एक मन्त्रालय भएपनि हाललाई लिन र मन्त्री हुने व्यक्तिको नाम पठाउन मुख्यमन्त्री शाहीले गरेका आग्रह सरकारले गरेको मन्त्रालय फूटाउलाई नसच्याएसम् सरकारमा सहभागी हुन नसकिने काँग्रेसले जवाफ दिएको थियो ।
काँग्रेसको उक्त जवाफपछि मुख्यमन्त्री शाही, काँग्रेस नेता जीवनबहादुर शाही र फ्लोरक्रस गरेका एमाले नेता प्रकाश ज्वालाबीचमा विहीबार चार घण्टा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।
मन्त्रीको लागि शिफारिस भएका कर्णालीका तिन मन्त्रालय कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जिम्मेवारी आफैले लिनुभएको छ ।
एक मन्त्रालय फुटाएर तिन जना मन्त्री नियुक्ती लागि शिफाफिरिस गरेका शाहीले अन्तिममा आएर ति मन्त्रालय आफैसँग राख्नुभएको हो ।
उहाले सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जलश्रोत मन्त्रालय आफैसँग राख्नुभएको हो ।
मन्त्रालयको कार्यविभाजन कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी नेपालको संविधानको धारा १६८ को उपधारा (९) र धारा १७० को उपधारा (१) वमोजिम गर्नुभएको छ । मुख्यमन्त्रीको शिफारिसमा उहाले कार्यविभाजन गर्नुभएको हो ।