सर्खेतमा कुष्ठरोग निवारण अभियान संचालन हुने

सुर्खेत, २४ जेठ (जागरण) । सुर्खेतमा कुष्ठ रोग निवारण अभियान संचाललन गरिने भएको छ । जिल्ला जन स्वास्थ्य कार्यालयले कुष्ठ रोग निर्वारणका लागि कर्णाली प्रदेशको सुर्खेतमा मात्र अभियान संचालन गर्न लागेको हो । आज वीरेन्द्रनगरमा अभियानका विषयमा अन्तरत्रिलया कार्यक्रममा यही जेठ २७ गतेदेखि ३१ गतेसम्म जिल्लाका विभिन्न भागमा अभियान संचालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । कृष्ठ रोग निवारण अभियान जिल्लाको चौकुने गाउँपालिका गुटु र पञ्चपुरी नगरपालिकाको बावियाचौर र सालकोटमा अभियान सञ्चालन हुने छ ।
यसै गरी वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिका मैनतडा, छिन्चु र लेखपराजुल, गुर्भाकोट नगरपालिकाको मेहेलकुना र गुमीमा र सिम्ता गाउँपालिकाको राकममा कृष्ठ रोग अभियान संचालन हुने कार्यालयले जनाएको छ ।
सुर्खेतमा कृष्ठरोग निवारण अभियान संचालनका लागि जिल्ला, नगरपालिका र गाउँपालिकाका स्तरिय समिति बनाइएको छ । अभियानको विषयमा जानकारी दिदै क्षेत्रीय स्वास्थ्य निर्देशनालका क्षेत्रीय कुष्ठरोग अधिकृत पदम केसीले अभियानका क्रममा तीन टोलि परिचालन हुने जानकारी दिनुभयो । अभियानमा खोज टोली, रोग निदान टोलि र सुपरीवेक्षण टोलि परिचालन हुने उहाँले जानकारी दिनुभयो । महिला स्वास्थ्य स्वंसेविकाले अभियानका क्रममा घरदैलो गर्ने उहाँले जानकारी दिनुभयो । अभियानका क्रममा रोग पत्ता लगाउने, जनचेतना जगाउने केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख विनोद आचार्यले सामाजिक प्रतिष्ठासंग जोडेर रोग देखाउन लाज मान्ने र रोग लुकाउने हुँदा अझै पनि यो रोग निवारण हुन नसकेको बताउनु भयो । उहाँले कर्णाली प्रदेशमा कुष्ठरोगीका विरामीहरुको संख्या कमि भएपनि यसको निवारण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले यो अभियानले कुष्ठरोग निर्वावरणमा सहयोग पुग्ने बताउनु भयो । शरीरमा फुस्रो वा रातो रङ्गको दाग देखिए र हातखुट्टा झमझमाउने खालका लक्षण देखिए स्वास्थ्य संस्थामा देखाइहाल्नुपर्ने उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशमा एक सय १० कृष्ठरोगीका विरामी
कर्णाली प्रदेशमा एकसय १० कुष्ठरोगीका विरामी रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले बताएको छ । निर्देशनालयका अनुसार देशैभर कृष्ठ रोगको उच्च जोखिममा रहेका १६ वटा जिल्ला मध्य कर्णाली प्रदेशको जाजरकोट जिल्ला कुष्ठ रोगको उच्च जोखिममा रहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा जाजरकोटमा २४ जना कुष्ठ रोेगीका बिरामी फेला परेको निर्देशनालयले जनाएको छ । जनसंख्या हिसाबले जाजरकोटमा कुष्ठरोगीका विरामी धेरै भएको कुष्ठ रोग अधिकृत पदम केसीले जानकारी दिनुभयो । जाजरकोटमा १० हजार जनसंख्यामा १ जना भन्दा माथि कृष्ठ रोगि भेटिएको केसीले जानकारी दिनुभयो । अहिले जाजरकोटमा १० हजारमा १.२८ कुष्ठ रोगका बिरामी फेला परेको उहाँले बताउनु भयो ।
यस्तै सुर्खेतमा ३१ जना कृष्ठरोगीका विरामीहरु रहेका छन् । सुर्खेतको जनसंख्याको हिसाबले जाजरकोट भन्दा कम संख्या रहेको अधिकृत केसीले जानकारी दिनुभयो । सुर्खेत १० हजारमा ०.७९ कृष्ठरोगका बिरामी भेटिएको छन् । यस्तै रुकुममा १० जना, सल्यान १४, दैलेखमा ७, डोल्पामा १, जुम्लामा ५, कालिकोटमा १०, मुगुमा ५ र हुम्लामा ३ जना कुष्ठरोेगीका विरामी भेटिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।