चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने

ज्ञानु गौतम ।
रुकुमपश्चिम, ६ जेठ (रेडियो चौरजहारी) । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ ।
कोरोना भाइरसको नयाँ भेरिएन्टको कारण संक्रमितहरुको संख्या र अक्सिजन नपाएर मृत्यु हुनेहरुको संख्या बढिरहेको बेला चौरजहारीले अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।
यसैबीच, चौरजहारीमा थप ५० वटा अक्सिजन सिलिण्डर पुगेका छन् ।
थप अक्सिजन सिलिण्डर आएपछि अहिले तत्काललाई चौरजहारीमा अक्सिजन अभाव नरहेको चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।
सिलिण्डरको व्यवस्थापन गरेर रुपन्देहीको भैरहवाबाट रिफिल गरेर चौरजहारी ल्याइएको छ ।

यता, सल्यानको बागचौर नगरपालिकाले २५ शैयाको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।
कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न नगरपालिकाले आफ्नै नयाँ भवनमा आइसोलेसन निर्माण गरेको हो ।
आइसोलेसनमा ३८ वटा ठूला अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिने नगर प्रमुख लोकमान बुढाथोकीले बताउनुभयो । अहिले ८ वटा सिलिन्डर सञ्चालनमा ल्याइएको र बाँकी आउँदै गरेको उहाँको भनाई छ ।
नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा २० वटा अक्सिजन सिलिन्डर आफ्नो व्यक्तिगत रुपमा उपलब्ध गराउने समेत नगर प्रमुख बुढाथोकीले बताउनुभएको छ ।