सुर्खेत, २४ जेठ (जागरण) । कर्णाली प्रदेशमा जनताको समस्या, गुनासा सुन्नको लागि हेल्लो मुख्यमन्त्री हटलाईन सेवा सुरु गरिएको छ । अब जनताहरुले आफ्ना समस्या केही गुनासा भए पैसा नलाग्ने नम्बर १०९६ मा फोन गरेर भन्न सक्नेछन् । कर्णाली प्रदेशको समृद्धि, विकास र शुसासनका लागि नागरिकको पनि सहभागिता हुन जरुरी रहेको भन्दै कर्णाली प्रदेश प्रत्यक्ष रुपमा जनताका कुनै समस्या, गुनासा र उजुरी भएमा फोन गरेर प्राप्त गर्ने व्यवस्था गरेको हो ।
जनताको साना साना बस्तुगत समस्या बुझेर योजना बनाउन सहयोग पुग्ने भएकाले हटलाइन सेवा सञ्चालन गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो । ‘यसले जनता र सरकारविच नजिक पनि गराउँछ र जनताको तल्लो तहका सानासाना बस्तुगत समस्या के कस्ता छन् । के आवश्यक छ भनेर बुझ्ने र यसले हामीलाई कर्णाली प्रदेशको योजना बनाउन पनि सहयोग पुग्छ’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘यस हटलाइन सेवा मार्फत कसरी सुशासन कायम गर्न सकिन्छ र जनतालाई न्याय दिन सकिन्छ भनेर हामीलाई पनि सजक गराउँछ ।’ उहाँले सरकारले मनपरी रुपमा आफ्नै ढंगले काम नगरी कसरी पादरर्शी रुपमा काम गर्न सहयोग पुग्ने बताउनुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको धेरै ठाउँहरुमा अझै टेलिफोन सेवा र इन्टरनेटको सेवा नपुगेकोले सरकारले छिट्टै टेलिफोन र इन्टरनेटको सेवा पु¥याउने बताउनुभयो । उहाँले चार पाँच महिना भित्रै गाउँगाउँमा इन्टरनेट सेवा पु¥याउने बताउनुभयो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटलाइन सेवाको उद्घाटन गर्नुभएको हो । शाहीलाई कालिकोटको नरहरीनाथ गाउँपालिका ९ मा कुटपिटबाट दलित महिला सदस्य मना सार्कीको हत्या भएको भन्दै कार्वाही गर्न मनाका छोरा प्रेम सार्कीले फोन गरेर माग राख्नुभयो । मुख्यमन्त्री शाहीले घटनाको छानविन गरी आवश्यक कार्वाही गरिने पनि आश्वासन दिनुभयो ।
यसैगरी रुकुम पश्चिम मुसिकोट नगरपालिकाका दिपक वाँठा मगरले त्रिभूवन जनता मावि र साना सहरी खानेपानी आयोजनाको कार्यमा लापरवाही गरेको र बर्षादेखि निर्माण कार्य अलपत्र पर्दा जनताले खानेपानी समस्याको बारेमा गुनासो गर्नुभयो । मुख्यमन्त्री शाहीले फोनमा आएका समस्याहरु र गुनासो टिपोट गर्दै सम्बन्धित निकायमा निर्देशन दिने आश्वासन दिनुभयो ।
प्रदेशका मन्त्रालय र कार्यालय वेबसाइट संचालन
यसैविच प्रदेश सरकारले आफ्नो मातहतमा रहेका मन्त्रालय तथा कार्यालयहरुको वेबसाइट पनि आजदेखि संचालनमा ल्याएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका मन्त्रालय तथा कार्यालयहरुको वेबसाइटहरुको पनि उद्घाटन गर्नुभयो । प्रदेशल गरेका गतिविधिहरुका बारेमा जनताका समक्ष सुचना प्रवाह गर्न वेबसाइट कर्णाली प्रदेश सरकारले वेबसाइट karnali.gov.np/ रहेको छ । वेबाइटमा कर्णालीको बारेमा पनि भुगोल, धार्मिक तथा पर्यटकिय स्थलहरु पनि राखिएका छन् । सरकारले फेसबुक र ट्वीटर ह्याडलको पनि गरेको छ ।
वेबसाइटमा मन्त्रालय तथा कार्यालयहरुको बेवसाइटहरुको लिंक राखिएको छ । वेबसाइटकै पोर्टलको माध्यमबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश सचिवालय, प्रदेश प्रमुख कार्यालय, समाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रादेशिक लेखा नियन्त्रण कार्यालयको बेवसाइट हेर्न सकिनेछ ।
यस्तै वेबसाइटमा कर्णाली प्रदेश अन्र्तगत रहेका स्थानीय तहहरुको वेबसाइडको लिंक र स्थानीय तहहरुको विवरण तथा जिआइएस नक्सा राखिएको छ । बेवसाइटमै जनताको गुनासा र समस्या लिने व्यवस्था पनि गरिएको छ ।