वीरेन्द्रनगरको आफ्नै पाठ्यक्रम

सुर्खेत, १० जेठ (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम थप गरी पठनपाठन गराउने भएको छ ।
वैशाखदेखि नै स्थानीय पाठ्यक्रम थप गरी पठनपाठन गर्ने भनिएपनि कोरोना संक्रमणका कारण विद्यालयहरु बन्द भएपछि पाठ्यक्रम लागू गर्न नसकिएको बताइएको छ ।
आगामी असारदेखि पाठ्क्रयम लागू गरिने वीरेन्द्रनगरको शिक्षा शाखाले जनाएको छ । पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको शिक्षा शाखा उपसचिव ललितविक्रम सिहले बताउनुभयो ।
पाठ्यक्रममा ७ वटा विषयवस्तुहरु समावेश गरिएको भन्दै वीरेन्द्रनगरभित्र पर्यटकीय स्थल, कला संस्कृती, कृषि पशुपालन व्यवसाय लगायतका विषय समेटिएको उहाँले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
स्थानीय पाठ्यक्रम ८ कक्षासम्म्म पठनपाठन हुनेछ । यस्तै, कोभिड १९ को संक्रमण लम्बिएमा विभिन्न वैकल्पिक माध्यमबाट असारदेखि नै सिकाई निरन्तरता गराउने भन्दै उहाँले त्यस्ता माध्यमको पहुँचमा सबै विद्यार्थीहरुलाई पु¥याइने जानकारी दिनुभयो ।