सुर्खेत, ११ जेठ (जागरण) ।
आफ्ना छाेराेकाे जन्म दिनकाे अवसरमा समाजसेवी जयन्ती थापाले बृद्धाश्रमलाई सहयाेग गर्नुभएकाे छ ।
सुर्खेत घर भई हाल अमेरिकामा बस्दै आउनुभएकी थापाले छोरा जेसन चन्दकाे जन्म दिनकाे अवसर पारेर मंगलबार सुर्खेतको प्रशान्ति वृद्धाश्रमलाई खाधान्न लगायत १५ हजार मूल्य बराबरकाे सामग्री सहयाेग गर्नुभएकाे हाे । बृद्धाश्रमलाई जयन्तीका बुवा धर्मजंग थापाले चामल, दाल, नुन तेल, चिनी, केकलगायतका १५ हजार बढि मूल्य बराबरकाे सामग्रीहरु बृद्धाश्रमलाई उपलब्ध गराउनुभएकाे छ । लकडाउनले समस्या परेका बेला छाेरीले पठाएकाे सहयाेगले खुशी लागेकाे थापाले बताउनुभयाे । थापाले विगतदेखि निरन्तर सहयाेग गर्दै आउनु भएकाे भन्दै आश्रमले आभार प्रकट गरेकाे छ । थापा प्रशान्ती बृद्धाश्रमकाे अक्षय काेषकाे सदस्य पनि हुनुहुन्छ ।
जयन्तीले लामाे समयदेखि नेपालका पश्चिमदेखि पूर्वका जिल्लामा अनाथालय, वृद्धाश्रम तथा विपन्नहरु र अप्ठेराेमामा परेकाहरुलाई सहयोग गर्दै आउनुभएकाे छ । उहाँले जनजागृत आधारभूत विद्यालयमा ५ जना विद्यार्थीहरुलाई आफ्नै खर्चमा पढाइरहुनुभएकाे छ ।