कर्णालीमा कोरोना नियन्त्रणको लागि मेसिनरी सामग्री ल्याइयो, जनशक्ती भने अभाव

सुर्खेत, ११ जेठ (जागरण) । कर्णाली प्रदेशमा कोरोनो नियन्त्रणका लागि स्वास्थ्य सम्बन्धी मेसिनरी सामग्री ल्याइए पनि जनशक्ती अभावमा सञ्चालन हुन सकेका छैनन ।
प्रदेश सरकारको ३९ लाख २२ हजार रुपैयाँ बजेटबाट मेसिनरी सामग्री ल्याएपनि सञ्चालन गर्ने जनशक्ति नहुँदा समस्या भएको हो । पाइपलाइन लगायतको काम सञ्चालन गर्ने जनशक्ती अभाव भएको छ ।
जाजरकोट, रुकुम पश्चिम, डोल्पा र सल्यानमा अक्सिजन पलान्टमा खरिददेखि जोड्नेसम्मका समस्या आइरहेका छन् ।
प्रदेश सरकारले बजेट उपलब्ध गराएको भएपनि केही अस्पतालहरुले भने अहिलेसम्म सामग्री खरिद गर्न सकेका छैनन । भने सल्यान अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टमा भ्रष्ट्रचार भएको हुन सक्ने आशंकामा छानबिन शुरु गरिएको छ ।
अक्सिजन अभावकै कारण अस्पतालहरुमा संक्रमितले भर्ना पाउने अवस्था नरहेको सम्बन्धित अस्पतालहरुले बताएका छन ।
जाजरकोटमा गत वर्ष खरिद गरिएको भेन्टिलेटर सञ्चालन नभई अस्पतालको एक कोठामा थन्किएको छ ।
जनशक्ति अभावमा अस्पतालको भेन्टिलेटर प्रयोगमा ल्याउन नसकेको सञ्चालनमा ल्याउन नसकिएको डाक्टर अमिन शाहले बताउनुभयो ।
त्यस्तै, डोल्पामा अक्सिजन पलान्ट आए पनि दुई हप्तादेखि थन्किएको छ । जोड्नका लागि प्राविधिक नहुँदा उक्त पलान्ट सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापनक अमर सिंह शाहीले जानकारी दिनुभयो । धेरै पटक प्राविधिक पठाउन भनिएको छ तर आउन ढिलाइ भइरहेको उहाँले जानकारी दिनुभयो ।
यता, प्रदेश सरकारले भने अक्सिजन उत्पादन गर्ने अक्सिजन पलान्ट जोड्न दक्ष जनशक्तिको अभाव रहेको भन्दै त्यो समस्या हटाउन तालिम संचालन गर्न लागिएको बताएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले मेसिनरी सामग्री सञ्चालनका लागि दुईवटा समुहलाई तालिम दिएको भन्दै दक्ष जनशक्ती बनाउन तालिमको व्यवस्था गर्न लागिएको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।

कर्णाली प्रदेशका दुइ अस्पताललाई संघिय सरकारले थप ७५÷७५ लाख रकम प्रदान गरेको छ । अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले जिल्ला अस्पताल दैलेख र रुकुम पश्चिमको चौरजहारी अस्पताललाइ उक्त रकम दिएको हो ।
यस्तै मन्त्रालयले देशभरका १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ ।