सुर्खेत, ११ जेठ (जागरण) ।
समाज जागरण केन्द्र (स्याक) नेपालले भेरीगंगा नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
स्याकले कोभिड–१९ बाट सुरक्षित हुन आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरु आज छिञ्चु, मैनतडा र रामघाट स्वास्थ्य संस्थामा हस्तान्तरण गरेको हो । स्याक नेपालका सदस्य नवराज खड्का र कार्यकारी निर्देशक टिकाराम अचार्यले पिपिइ सेट, अक्सिमिटर, मास्क, डिजिटल थर्माेमिटरगरी प्रत्यक स्वास्थ्य संस्थालाई ३० हजार मूल्य बराबरकाे दरले समग्री हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य संस्थाका इन्चार्जहरुले स्वास्थ्य सामग्री अभावमा सुरक्षित तरिकाले सेवा प्रवाहमा अप्ठेरो परिरहेको र अब सुरक्षित तरिकाले सेवा दिन सहयोग पुग्ने बताएका छन् । मैनतडा स्वास्थ्य संस्थाका सिनियर अनमी सुकला विकले स्वास्थ्य सामग्री सहयोगले सुरक्षित तरिकारले सेवा प्रवाहमा सहयोग पुग्ने बताउनुभयो । गुर्भाकोट र भेरीगंगा नगरपालिकामा सञ्चालित नेपाली यूवाहरुका लागि स्वस्थ रुपान्तरण परियोजना अन्तर्गत सामाग्री सहयोग गरिएको र भेरीगंगाको लेकपराजुल र गुर्भाकोटका ६ वटै गरी जम्मा १० वटा स्वास्थ्य संस्थाहरुमा सामाग्री सहयोग गरिने संस्थाका खगेन्द्र शर्माले जानकारी दिनुभयो ।