दुइ अस्पताललाई २ करोडभन्दा धेरै रकम

सुर्खेत, १२ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापना गर्नका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्ववास्थ्य सेवा कार्यालय कालिकोटलाई एक करोडभन्दा माथी रकम दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रीपरिषद बैठकका निर्णय आज सार्बजनिक गर्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य कार्यालय कालिकोटलाई एक करोड २० लाखका दरले रकम दिने निर्णय भएको जानकारी दिइएको हो ।
यस्तै, स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई थप ८० लाख रकम दिने निर्णय भएको सरकारका प्रवक्ता एमब आन्तरिक मामिला कानुन युवा तथा खेलकुद मन्त्री सीता नेपालीले जानकारी दिनुभयो ।
यस्तै, गत आर्थिक बर्षमा योजनामा समावेश भई काम भएका तर कोभिड १९ का कारण रकम भुक्तानी हुन नसकेका योजनाहरुको प्राविधिक मुल्याङ्कनका आधारमा चालु आर्थिक बर्षको बजेटबाट भुक्तानी गर्ने निर्णय समेत बैठकले गरेको छ ।
यसैगरी, खाद्यन्न खरिदका लागि कालिकोट र डोल्पा जिल्लाका स्थानीय तहहरुलाई रकम हस्तान्तरण गर्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई जिम्मा दिने लगायतका निर्णय गरेको छ ।