प्रतिपक्षले गरे कर्णालीमा संसद अवरुद्ध

सुर्खेत, २४ जेठ  (जागरण) । कर्णाली प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले प्रदेश सरकारले गरेका कामप्रति असन्तुष्ट जनाउँदै आजको बैठक अवरुद्ध गरेका थिए । आज ३ बजेका लागि बैठक राखिएपनि ४० मिनेटपछि मात्र बैठक सुरु भएको थियो । बैठक सुरु भएको चार पाँच मिनेटमै नेपाली काँग्रेस संसदिय दलका नेता जीवनबहादुर शाहीले सरकारले आफै मनपरी ढंगले अघि बढेको भन्दै विरोध गरेका थिए । संसद अवरुध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाको लागि स्थगित गर्नुभएको थियो । सरकार पक्ष र प्रतिपक्षविच छलफल भएपनि सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको रातो किताब ननिकालेसम्म र पुरानो हिसाबकिताब सार्जजनिक नगरेसम्म संसद चल्न नदिने नेपाली काँग्रेसले अडान राखको छ । प्र्रदेश सचिवालयले भोेलि ३ बजेसम्मका लागि स्थगित गरेको सुचना निकालेको छ । सभामुख राजबहादुर शाहीले प्रतिपक्ष तर्फका सांसदहरुले राखेका मागहरुप्रति छलफल गरेर निष्र्कष पुग्न समय लाग्ने भएकाले भोलिसम्मको लागि स्थगित गरिएको बताउनुभयो ।
चालु आर्थिक वर्षका लागि छुट्टाएको बजेट ल्याएलगत्तै रातो किताब निकाल्ने भनेपनि अहिलेसम्म ननिकालेको र आफ्नो मनलाग्दो हिसाबले बजेट बिनियोजन गरेको प्रतिपक्ष दल नेपाली काँग्रेसले बताएको छ । ‘सरकारले हामीले राखेका मागहरुप्रति संवेदनशिल भएको पाएनौँ । पटक पटक संसदमा कर्णाली रारा पर्यटन वर्षको उद्घाटनका समयमा गरिएको खर्च सार्वजनिक गर्न ध्यानाकषर्ण गरायाँै । बजेट आएपछि रातो किताब निकाल्ने भनेर सरकारले संसदमा नै भनेको थियो ’ नेपाली काँग्रेसका संसदिय दलका नेता जीवनबहादुर शाहीले भने, ‘आजको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्थ्यो । छलफलमा सरकार हाम्रो मागप्रति त्यति गम्भिर भएन् । अब हामीले मुख्यमन्त्रीसहित नै छलफल गर्ने भनेका छौँ । हामीले राखेका माग पुरा नभएसम्म हामी संसद चल्न दिदैनाँै ।’
पहिलो ल्याएको निति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा वेवास्था गरेको र पुरानो हिसाबकिताब सार्वजनिक नगरेसम्म संसद चल्न नदिने भन्दै सांसदहरु बैठकमा उठेर अवरुध गरेका थिए । काँग्रेसका संसदिय दलका नेता शाहीले काठमाण्डौँमा भएको राष्टपति रनिङ सिल्ड प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीहरुलाई जर्सीको व्यवस्था नगरेको, राजधानिकै सडक अवस्था नर्सुधिएको र अहिलेसम्म सरकारले कर्णाली रारा पर्यटन वर्षको खर्च पनि सार्वजनिक नगरेको भन्दै बैठकमा अपत्ति जनाएका थिए । प्रदेश सरकारले भोलि सरकारको आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि निति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि आफुहरुलाई थाहा नभएको प्रतिपक्ष दलले आपत्ति जनाएको छ । उहाँले सबै जानकारी समाचार पढेर थाहा पाउने अवस्था रहेको बताउनु भयो ।