नन्द कठायत ।
सुर्खेत, १४ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा खाद्य तथा कृषि प्रणाली प्रवद्र्धन र उत्पादन बढाउनेगरी योजना बनाउने भएको छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम समावेश गर्नेगरी यस्तो तयारी थालेको हो ।
खाद्य तथा कृषि प्रणाली प्रबद्र्धनका कार्यक्रमलाई जोड दिनको लागी अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पठाएका कार्यक्रमको योजना र कार्यक्रमका विषयमा आर्थिक मामिला तथा योजना मन्त्रालयलसँग केही दिनमा छलफल गर्ने तयारी गरिएको छ ।
प्रदेशमा यसअघि संचालन भएका सफल कार्यक्रमलाई निरन्तरता दिदै कृषि क्षेत्रको उत्पादनलाई जोड दिइने सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार साना सिचाइ आयोजना, तरकारी र फलफुल खेतिको विस्तार, नगदे बालीको प्रवद्र्धन, पशुपालन, दुग्धजन्य प्रदार्थ प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकता दिइने छ ।
सचिव मिश्रले कोरोना महामारीले गर्दा कृषि क्षेत्रमा नयाँ र भिन्न खालको कार्यक्रम नरहेको भन्दै आवश्यकताका आधारमा उत्पादनमुखी कार्यक्रमलाई प्राथमिक दिने बताउनुभयो ।
मन्त्रालयले स्याउ, बेमौसमी तरकारी, तरकारी बीउ, अदुवा, खसीबोका, फलफूल, ओखर, पम्परागत बालीको उत्पादन बढाउनेगरी गत साल बनाइएका कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ ।