चौरजहारी नगरपालिकामा थप ७५ थान अक्सिजन सिलिण्डर ल्याइयो

ज्ञानु गौतम ।
रुकुमपश्चिम, १४ जेठ (रेडियो चौरजहारी) । रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा थप ७५ थान अक्सिजन सिलिण्डर ल्याइएको छ ।
कोरोना उपचार केन्द्रका रुपमा रहेको चौरजहारी अस्पतालमा ७५ ओटा अक्सिजन सिलिण्डर आएको चौरजहारी अस्पतालका प्रमुख डिलबहादुर गिरीले बताउनुभयो ।
रुकुम पश्चिम सहित जाजरकोट, सल्यान र रुकुम पूर्वलाई लक्षित गरेर अक्सिजन सिलिण्डर चौरजाहरी अस्पतालमा ल्याइएको छ ।