जाजरकोट, १४ जेठ (जागरण) । जाजरकोटको छेडागाड नगरपालिकाभित्र रहेका ८ सय २२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ ।
आफ्नै जमिनमा उत्पादित अन्नले ६ महिना खाना नपुग्ने छेडागाड नगरपालिकाभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो ।
प्रतिपरिवार १० हजार ८ सय १५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा यूवा संरक्षण मञ्चका जाजरकोट छवि पन्तले बताउनुभयो ।
कोरोना भाइरस कोभिड १९ का कारण समस्यामा परेर हैरानी व्यहोरेका विपन्न सर्वसाधारणलाई सेभ द चिल्डेन, पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट अवसर परियोजनाले खाद्यान्न उपलब्ध गराएका हुन् । करिव ८८ लाख ९० हजारको रुपैयाँ लागतमा खाद्यान्न दिइएको पन्तले जानकारी दिनुभयो ।
त्यस्तै, २ हजार ६ सय ७३ बालबालिकालाई सरसफाइका सामग्रीसमेत वितरण गरिएको छ ।