कर्णालीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजारभन्दा धेरै

सुर्खेत, १५ जेठ (जागरण) । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मुक्त हुनेको संख्या १५ हजार एक सय ७० पुगेको छ ।
आज थप पाँच सय ६१ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या १५ हजार एक सय ७० पुगेको हो ।
अहिले प्रदेशभर पाँच हजार ९ सय पाँच जना आइसोलेसनमा रहेका छन् । यस्तै, प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या केही दिनदेखि घट्न थालेको छ ।
केहीदिन अगाडीसम्म दैनिक पाँचसयभन्दा धेरै संक्रमित भेटिदै अएकोमा त्यो संख्या घटेर अहिले दैनिक करिब ३ सयमा झरेको छ ।
प्रदेशभर थप २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।