स्याकद्वारा दुइ पालिकाका स्वास्थ्य संस्थालाई सहयोग

सुर्खेत, १५ जेठ (जागरण) । समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले भेरीगंगा र गुर्भाकोट नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरुलाई व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
विश्वमा फैलिएको कोभिड–१९ बाट सुरक्षित हुन दुई स्थानीय तहका विभिन्न १० वटा स्वास्थ्य संस्थामा आवश्यक पर्ने व्यक्तिगत स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
सेभ द चिल्ड्रेन र स्याक नेपालको साझेदारीमा पिपिइ सेट, अक्सिमिटर, डिजिटल थर्माेमिटरगरी हरेक स्वास्थ्य संस्थालाई ३० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराइएको स्याक नेपालका खगेन्द्र शर्माले बताउनुभयो ।