सरकारद्वारा आगामी बर्षको लागि १६ खर्बभन्दा धेरैको बजेट सार्बजनिक, कर्णाली प्रदेशको विकासका लागि विभिन्न क्षेत्रलाई प्रथामिकता

काठमाडौं, १५ जेठ (जागरण) । सरकारले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो ।
चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
यस्तै, सरकारले कर्णाली प्रदेशको विकासका लागि विभिन्न क्षेत्रलाई प्रथामिकता दिएर बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष २०७८÷०७९ को बजेट वक्तव्य सार्बजनिक गर्दै कर्णालीका विभिन्न क्षेत्रलाई प्राथामिकता दिइएको बताउनुभएको हो ।
सार्बजनिक वजेट वक्तव्यमा कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गरिने भएको छ । मेडिकल कलेजको लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको बताएको छ ।
प्रदेशको स्वास्थ्यमा सुधार गर्न मेडिकल कलेज स्थापना गर्नेगरी आगामी आर्थिक बर्षदेखि नै काम अगाडी बढाइने जनाएको छ ।
यस्तै, जुम्लाको चन्दननाथ, मुगुको छायाँनाथ, सुर्खेतको काँक्रेबिहारलाई धार्मीक पर्यटकीय स्थल निर्माण गरिने सरकारले बजेटमार्फत जानकारी दिएको छ । भने प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा प्रदेश रङ्गसाला बनाउने र जुम्लामा हाइअल्ट्युच्युट रङ्गशाला बनाउने अर्थमन्त्री बिष्णु पौडेले बताउनुभयो । यसको लागि आवश्यक रकम बजेट विनियोजन गरिएको उहाले बताउनुभयो ।
यसैगरी, सरकारले खानेपानी क्षेत्रमा पनि कर्णालीलाई प्रथामिकता दिएको छ । एक घर एक धारा पुर्याउनेगरी काम अगाडी बढाइने पौडेले बताउनुभयो । कालिकोटको चुलिमालिका र मुगुमा लिफ्टिङ खानेपानी आयोजनका लागि ३ अर्ब रकम बिनियोजन गरेको छ ।
यस्तै सडक क्षेत्रमा कोहोलपुर सुर्खेत राजमार्गलाई दुइलेन बनाउनको लागि ७ अर्ब रकम बिनियोजन गरिएको बजेटमा भनिएको छ । भने कर्णाली राजमार्ग दुइलेन बनाइनको लागि २ अर्ब बजेट बिनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
यसैगरी, हुम्लामा आगामी आर्थिक बर्षभित्रै सडक सञ्जालमा जोड्नगरी काम अगाडी बढाउने भनिएको छ । कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, र सुर्खेत–दैलेख राजमार्गको कपासे–सियाकोट सडकमार्गलाई स्तरउन्नति गर्नेगरी बजेटको व्यवस्था गरिएको पौडेलले आफ्नो वक्तव्यमा भन्नुभएको छ ।
त्यसैगरी, सरकारले कर्णाली नदिसहितका ठुला नदिनमा पानी जाहाँज संचाल गर्नेगरी महत्वकांक्षी योजना बनाएको छ ।
जुम्लामा जनता आवास कार्यक्रमबाट निर्मित भवन यसैवर्ष हस्तान्तरण गर्नेगरी सरकारले बजेट नै छुट्याएको छ भने हुम्लामा एकीकृत बस्ति विकास कार्यक्रम सञ्चालन गर्नेगरी बजेट छुट्याएको छ । त्यसैगरी जुम्लालाई सहरीकरणको रुपमा विकास गर्ने, दैलेखको दुल्लूमा स्मार्ट सिटी निर्माण गर्नेगरी बजेट बनाइएको अर्थमन्त्री पौडेले बताउनुभयो ।
त्यसैगरी, सुर्खेत बिमान स्थल विस्तार आउँदो आर्थिक बर्षमा गरिने र डोल्पामा नयाँ बिमानस्थत बनाइने पनि पौडेलले बताउनुभएको छ ।
त्यसैगरी, सरकारले विद्युत क्षेत्रलाई पनि प्रथामिकता राखेर कर्णालीको फुकोट कर्णाली र नलसिङ्गाड जलविद्युत आयोजनालाई प्राथमिकता दिएको छ भने विद्युत नपुगेका ठाउँमा लघु जलविद्युत आयोजनाहरु संचालन गर्नेगरी बजेट बनाएको छ ।