राउटे समुदायका नागरिकहरुको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

टेकराज केसी ।
सुर्खेत, १५ जेठ (जागरण) । लोपउन्मुख राउटे समुदायका नागरिकहरुको कोरोना परिक्षण गरिएको छ ।
दैलेख गुराँस गाउँपालिकाले स्वासथ्यकर्मीहरु पठाएर राउटे समुदायको एन्टीजेन्ट विधिमार्फत कोरोना परिक्षण गरिएको हो ।
एकसय ४६ जना संख्या रहेको यो समुदायका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो ।
मानिसहरुको आवातजावत भइरहने भन्दै उनिहरुका कोरोना संक्रमण हुन सक्ने भन्दै गाउँपालिकाले कोरोना परिक्षण गरेको तर सबै राउटे समुदायका नागरिकको रिपोर्ट नेगेतिभ आएको उहाले जानकारी दिनुभयो ।
यस्तै, समाजिक सेवा केन्द्र (सोसेक) को आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा खाद्यन्न वितरण गरेको छ ।

गुराँस गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र दिएर आफ्नै पालिकाको नागरि मान्दै आएको छ । राउटे समुदायको लागि दिइने सामाजिक सुरक्षा भक्ता पनि गाउँपालिका मार्फत नै दिने गरिएको छ ।