कर्णाली प्रदेश दूध उत्पादनमा अझै आत्मनिर्भर हुन सकेन

नन्द कठायत ।
सुर्खेत, १९ जेठ (जागरण) । कर्णाली प्रदेश दूध उत्पादनमा अझै आत्मनिर्भर हुन सकेको छैन । अहिले पनि कर्णाली प्रदेशमा जम्मा खपत हुने दूधमध्ये ४० प्रतिसत दूध बाहिरी प्रदेशबाट आयात हुने गरेको हो ।
पशुपक्षि विकास निर्देशनालयका प्रमुख मोहन गिरीकाअनुसार प्रदेशमा पहिलाको तुलनामा दूध उत्पादन बृद्धी भए पनि आत्मनिर्भर भने नभएको हो ।
उहाँले तीन वर्षयता क्रमशः दूधको उल्पादन २० प्रतिशले वृद्धि भएको कर्णाली रैबारलाई बताउनुभयो ।
उहाँले प्रदेशमा साविक कर्णाली जिल्ला बहेक सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, र सल्यानमा दूधको उल्पादन राम्रो भएको बताउनुभयो । कर्णालीमा अहिले दैनिक २५ देखि ३० हजारसम्म दूध उत्पादन हुने गरेको छ ।
दैलेखबाट दैनिक १२ सय लिटर दुध सुर्खेत आयात हुने गरेको छ भने सुर्खेतको बराहताल, चौकुने, पञ्चपुरी, चिङ्गाड, गुर्भाकोटलगायतका ठाउँबाट दैनिकरुपमा ९ हजार लिटर दूध काठमाण्डौँ र कोहलपुरको दुग्ध विकास संस्थानले किन्ने गरेको प्रमुख गिरीले बताउनुभयो ।